+
+

लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १९:१५

२४ फागुन, अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ ।

के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए । ‘के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ’, प्रहरी नायव उपरीक्षक रिजालले भने, ‘हामीले अनुसन्धान थालेका छौँ।’

छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ ।

‘डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो’, छिमेकी शोभाखर पन्थीले भने, ‘यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?