+
+

बिमस्टेक राष्ट्रका अधिकारीबीच १९औं मन्त्रिस्तरीय बैठकका एजेन्डामा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १९:४३

२४ फागुन, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) कासदस्य राष्ट्रहरूका उच्च अधिकारीहरुको २३औं बैठकले थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ ।

बैठकमा बिमस्टेक अन्तर्गत सहयोगका विभिन्न क्षेत्रमा भएका प्रगति प्रतिवेदनमाथि पनि छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकले बिमस्टेक संयन्त्रका प्रक्रिया र नियम, भावी कार्यदिशाका लागि ‘ईमिनेन्ट प्रसन ग्रुप’ (ईपीजी) का सन्दर्भ सर्तहरू, बिमस्टेकको ‘बैंकक भिजन २०३०’ को अवधारणा र १९औं मन्त्रिस्तरीय बैठकका विषयमा समेत छलफल गरेको छ ।

९ मार्चमा बस्ने १९औँ बिमस्टेक मन्त्रिस्तरीय बैठकको एजेण्डा र प्रस्तावित संयुक्त वक्तव्यलाई अन्तिम रूप समेत उच्च अधिकारीहरूको बैठकले दिएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । गत वर्ष श्रीलङ्काको कोलम्बोमा सम्पन्न बिमस्टेकको पाँचौं शिखर सम्मेलनले सदस्य राष्ट्रको नेतृत्वमा सातवटा क्षेत्रमा सहकार्यका क्षेत्रहरू तय गरेको थियो । त्यसमध्ये नेपालले जनसम्पर्क क्षेत्र र संस्कृति, पर्यटन तथा नागरिक सम्पर्क उपक्षेत्रको नेतृत्व प्राप्त गरेको थियो ।

परराष्ट्र सचिव पौड्यालले नेपालको नेतृत्वमा यस क्षेत्रमा भएको प्रगतिबारे बैठकमा जानकारी गराए । नेपालले संस्कृति र पर्यटन उपक्षेत्रका लागि तयार पारेको कार्ययोजना बारे बोल्दै परराष्ट्र सचिवले बिमस्टेक पर्यटन कोष र पर्यटन सूचना केन्द्रलाई चाँडो सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

उनले गरिबी निवारणलाई जनसम्पर्क क्षेत्र अन्तर्गत उपक्षेत्रको रुपमा समावेश गर्न नेपालको रहेको समेत बैठकमा जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?