
काठमाडौं । निर्देशक आकाश अधिकारीले एकल महिलाले भोग्नुपरेको कथामा आधारित छोटो फिल्म ‘आफू गयौ नेटो काटी’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष विद्याकुमारी सिन्हा प्रमुख अतिथिको रुपमा सहभागी थिइन् ।
फिल्म हेरेपछि सिन्हाले एकल महिलाको पीडालाई समेटेको भन्दै प्रशंसा गरिन् । उनले महिलाको कथावस्तुमा बन्ने राम्रा फिल्मलाई सघाउन आयोग तयार रहेको समेत बताइन् । फिल्ममा उमा गिरीले एकल महिलाको भूमिकामा अभिनय गरेकी छन् ।
कार्यक्रममा वरिष्ठ अभिनेत्री भुवन चन्द, नृत्य निर्देशक कमल राई पनि उपस्थित थिए । कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले आर्थिक ‘कलेक्सन’ गर्न भन्दा पनि समाजलाई सन्देश दिन फिल्म निर्माण गरेको बताए । गीतकार समेत रहेका राम लामा अविनाशीले फिल्म निर्माण गरेका हुन् ।
शिव ढकालले खिचेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् भने रेनिश फागोले कलर गरेका हुन् । निर्देशक अधिकारी र अभिनेत्री गिरीले आगामी एक फिचर फिल्ममा समेत सहकार्य गर्दैछन्, जसलाई भारतको सिक्किममा छायांकन गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4