
२५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
पहिलो खेलमै साविक विजेता मछिन्द्रलाई हराएको जावलाखेलले एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एनआरटीलाई २-० ले हराउँदै सिजनको दोस्रो जित निकालेको हो ।
जावलाखेलका लागि कप्तान सिमान्त थापाले ६८औं र फोडे फोफानाले ७७औं मिनेटमा गोल गरे ।
एनआरटीका लागि सन्जिव विष्टले ८०औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग उही नतिजामा पराजित भएको एनआरटी लगातार दोस्रो हारपछि अंक बिहीन छ ।
पहिलो खेलमा मछिन्द्रलाई हराएको जावलाखेलको भने ६ अंक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4