+
+

राष्ट्रपतिको निर्वाचनमा नेम्वाङको खर्च साढे १६ हजार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १३:४८

२६ फागुन, काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले निर्वाचनका क्रममा १६ हजार ५०० खर्च भएको विवरण निर्वाचन आयोगका बुझाएका छन् ।

शुक्रबार आयोगका अधिकारीहरुलाई नेम्वाङले बुझाएको खर्च विवरणमा मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ ।

नेम्वाङको खर्च विवरण राष्ट्रपतिका उम्मेदवार नेम्वाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई बुझाएका हुन् ।

हिजो बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?