+
+

अर्बपति सांसद विनोद चौधरीले अस्पताल बनाउन सरकारसँग मागे ५० करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १८:४५

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अस्पताल निर्माणका लागि सरकारसँग ५० करोड रुपैयाँ माग गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० कराड रुपैयाँ उपलब्ध गराउन भन्दै अर्बपति चौधरीले पत्र पठाएका छन् । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र निवलपरासी पूर्वको चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निमार्णका बजेट मागेका हुन् ।

आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षिय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गर्न पत्रमा उल्लेख छ । अस्पतालको स्वामित्व भने बर्दघाट नगरपालिकाको रहने र चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल स्थापना र विकास गर्ने पत्रमा उल्लेख छ । उनले अस्पतालको अनुमानित लागत ५० करोड (तत्काल पहिचान र परियोजनाको पूर्वाधार तथा कार्यक्रम) का लागि मागेका छन् ।

‘यस आयोजनाहरुलाई मन्त्रालयले प्राथमिकतामा राखी आगामी बार्षिक कार्यक्रम तथा बजेटमा बहुबर्षिय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गरी यस क्षेत्रका जनताकाृ समृद्धिको आकाक्ष र प्रयासलाई सघाउ पुर्याउन हुनेछ भन्ने अपेक्षा गरेको छु,’ पत्रमा भनिएको छ ।

अस्पताल निर्माणको काम तीन वर्षभित्र सकिने पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयसँग उनले मागेको बजेटले उनको नियतिको माथि प्रश्न उठेको मन्त्रालयका अधिकारीहरू बताँउछन् ।

‘सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माणमा लागेको छ । आवश्यकता परेको अवस्थामा स्थानीय तहले आफैंले बजेट माग गर्न सक्छन्,’ मन्त्रालयका ती अधिकारीले भने, ‘तर, पहुँचको आधारमा आफ्नो नाम भजाएर बजेट माग्नु उचित देखिदैन ।’

चौधरीले पठाएको पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?