+
+
Shares

विनोद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो  

एक वर्ष अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोर्ब्सले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते २०:३५

२६ फागुन, काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वकै १९८२औं धनी व्यक्ति बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍याङ्किङ अनुसार चौधरी कुल २ अर्ब १० कराेड डलर सहित सो स्थानमा रहन सफल भएका हुन् ।

चौधरी सन् २०२५ मा १७६३औं स्थानमा थिए । त्यस समयमा चौधरीको सम्पत्ति २ अर्ब डलर बराबरको रहेको फोर्ब्सले जनाएको छ । सन् २०२६ मा चौधरीको सम्पत्ति नेपाली रुपैयाँमा ३ खर्ब २ अर्ब पुगेको हो ।

एक वर्ष अवधिमा चौधरीको सम्पत्ति १० करोड डलरले बढेको फोर्ब्सले जनाएको छ ।

चौधरी दक्षिण एसियामा भारतीय अर्बपति बाहेक एकमात्र अर्बपति हुन् । सार्क क्षेत्रका अन्य मुलुकका कुनै पनि व्यक्ति फोर्ब्सको अर्बपतिको सूचीमा छैनन् । सन् २०१९ मा १३४९औं स्थानमा रहेका उनको सम्पत्ति कोभिड-१९ महामारीकालमा भने केही घटेको थियो । यसलाई चौधरीले सुधार गर्न सफल भएका छन् ।

फोर्ब्सको अर्बपतिको सूचीमा पहिलो नम्बरमा अमेरिकी अर्बपति एलन मस्क छन् । उनको सम्पत्ति ८ अर्ब ३९ करोड डलर रहेको छ । उनी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित छन् ।

दोस्रो नम्बरमा अमेरिकी अर्बपति ल्यारी पेज छन् । अर्बपतिहरूको सूचीमा सबैभन्दा धेरै अमेरिका, चीन, भारत लगायत देशका रहेको फोर्ब्सले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?