+
+
Shares

विनोद चौधरीले सार्वजनिक गरे प्रतिबद्धताको तीन वर्षे ‘रिपोर्ट कार्ड’

२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्था सहित विवरण सार्वजनिक गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका विनोद चौधरीले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको तीन वर्षे कार्यकालको ३१ बुँदे रिपोर्ट कार्ड सार्वजनिक गरे ।
  • चौधरीले १५ गौरवका आयोजना मध्ये १२ कार्यक्रम कार्यान्वयन चरणमा रहेको र राजमार्ग स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको बताए।
  • उनले चिसापानी ट्रमा सेन्टर चालु आर्थिक वर्षमा सकिने, औद्योगिक ग्राम निर्माण भइरहेको र भूमिहीनलाई २५० जनालाई लालपुर्जा वितरण गरिएको उल्लेख गरे।

२८ माघ, काठमाडौं । पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् ।

२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्था सहित विवरण सार्वजनिक गरेका हुन् ।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई आगामी २१ फागुनमा तय आमनिर्वाचनका सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताको सार्वजनिक मूल्यांकन जनतामाझ राखेका हुन् ।

रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन् ।

‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो, गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधुन् भन्ने चाहन्छु, जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एकेक जवाफ दिनु मेरो जिम्मेवारी हो,’ चौधरीले भने, ‘प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं, देश बदल्छौं भनेर वाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौं, त्यसैले मैले ३१ बुँदे घोषणापत्रको एकेक बुँदाको उत्तर लिएर आएको छु ।’

चौधरीका अनुसार उक्त रिपोर्ट कार्डको डिजिटलप्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपी उनको सचिवालय, कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ । उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन् ।

चौधरीले नवलपरासी क्षेत्र नम्बर १ लाई विकास र समृद्ध बनाउन लुम्बिनी प्रदेशकै नमुना निर्वाचन क्षेत्रका रूपमा गुरुयोजना बनाइ कार्यान्वयन गर्ने भनेका थिए ।

उक्त योजना अनुसार १५ गौरवका आयोजना छनोट गरिएकोमा अहिले १२ वटा कार्यक्रम कार्यान्वयन चरणमा रहेको उनले बताएका छन् । राजमार्गहरूको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको समेत रिपोर्ट कार्डमा उल्लेख छ ।

सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिमा काम भएको समेत उनले बताएका छन् । सर्वेक्षण पूरा भएका ६ विद्यालयमा यस वर्ष भित्रै डिजिटल क्लास र ई–पुस्तकालय सञ्चालनमा आउने समेत उनको रिपोर्ट कार्डमा उल्लेख छ ।

चिसापानीस्थित ट्रमा सेन्टर चालु आर्थिक वर्षमा सकिने र चिसापानी अस्पतालको सेवा विस्तार गरिएको उनले बताएका छन् । यसबाहेक स्वास्थ्यका विभिन्न कामको विवरण समेत उनले सार्वजनिक गरेका छन् । युवालाई उद्यमशीलतासँग जोड्न ल्याइएका कार्यक्रमको सूची समेत चौधरीको रिपोर्ट कार्डमा उल्लेख छ ।

‘पूर्वाधार र आर्थिक विकास आर्थिक समृद्धिका लागि पूर्वाधार’ विकासमा जोड दिँदै हुलाकी राजमार्ग र प्रतापपुर चक्रपथको कामलाई तीव्रता दिइएको उनले बताएका छन् ।

औद्योगिक विकासका लागि बर्दघाट–५ मा साना तथा मझौला औद्योगिक ग्राम निर्माण भइरहेको छ, जसले स्थानीय रोजगारी सिर्जनामा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

कृषि क्षेत्र उत्थानका लागि नवलपरासीलाई ‘विशेष केरा जोन’ का रूपमा विकास गर्ने र सुस्तामा केरामा आधारित उद्योग स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइएको उल्लेख छ । उखु किसानका समस्या समाधान गर्न र सिँचाइका लागि गण्डक नहरको मर्मत सम्भारलाई समेत प्राथमिकतामा राखिएको छ ।

युवा उद्यमशीलता र रोजगारी मार्फत युवालाई स्वदेशमै स्वरोजगार बनाउन ‘नबिल एसएसई’ र सिजी पोलिटेक्निक मार्फत सयौं युवालाई व्यावसायिक तालिम प्रदान गरिएको छ ।

महिलाका लागि ब्युटिसियन र सिलाइ–कटाइ जस्ता सिपमूलक कार्यक्रम सञ्चालन गरी स्वरोजगारीका अवसर सिर्जना गरिएको छ । सुस्ता क्षेत्रका भूमिहीन समस्या समाधानका लागि हालसम्म २ सय ५० जनालाई लालपुर्जा वितरण गरिएको र बाँकीलाई पनि क्रमश: व्यवस्थापन गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?