+
+
Shares

कांग्रेस प्रवक्तालाई प्रश्न– देउवासहितका नेता चुनावी प्रचारमा ल्याउन के प्रयास भइरहेको छ ?

पहिले जेनजी आन्दोलनपछि निवर्तमान केन्द्रीय समितिमा देउवाले राखेको मन्तव्य जस्तै केही बोलिदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठूलो वेभ सिर्जना हुने सम्भावना रहेको पनि प्रवक्ता चालिसेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १२:१३

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवालाई निर्वाचन प्रचार–प्रसारमा ल्याउने प्रयास भइरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलनमा पत्रकारले देउवालगायतका नेतालाई चुनावी प्रचारमा ल्याउन नयाँ केन्द्रीय समितिले कुनै प्रयास गरेको छ ? भन्ने प्रश्नको उत्तरमा प्रवक्ता चालिसेले यस्तो बताएका हुन् ।

‘उहाँहरूसँग कुराकानी गर्ने कुरामा सबैजना सहमत छन् । दुईचार दिनदेखि मेहनत भइरहेको छ,’ प्रवक्ता चालिसेले भने, ‘अरु केही नभएपछि तत्काललाई स्टेटमेन्ट(वक्तव्य) निकालौँ, भावनात्मक अपिल गरौँ भन्ने छ ।’

पहिले जेनजी आन्दोलनपछि निवर्तमान केन्द्रीय समितिमा देउवाले राखेको मन्तव्य जस्तै केही बोलिदिए निर्वाचनमा कांग्रेसका पक्षमा ठूलो वेभ सिर्जना हुने सम्भावना रहेको पनि प्रवक्ता चालिसेले बताए ।

‘पहिले पार्टीको केन्द्रीय समितिको बैठकमा बोलेको राम्रो थियो नि त, त्यही प्रकारको एउटा कपी बनाउने र बोल्न लगाउने । अर्को काठमाडौंमा जोडिएका चारपाँच वटा क्षेत्रमा उभिए झ्याप्पै वेभ सिर्जना हुन्छ,’ उनले भने ।

यी कुराहरू पार्टीभित्रमा प्राथमिकतामा राखेको उनले बताए । यस्तै पार्टीभित्र समुल एकता भए त्यो सबैभन्दा बलियो पक्ष हुने उनले बताए । ‘यो बलियो पक्ष पनि हो । समस्या छ । यसमा लाग्छौँ, यसमा हाम्रो नियतका कारणले, समयका कारणले दृष्टिकोणका कारणले कमी बनेको होइन,’ उनले भने । कतिपय कुरामा लाग्दालाग्दै पनि परिणाम नआउने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?