+
+
Shares

कांग्रेस विशेष महाधिवेशन पक्षधरले भन्यो – अधिवेशन मागेका हौँ, तालिका होइन

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा पुन: ध्यानाकर्षण पत्र बुझाएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १७:०१

२१ पुस, कांग्रेस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा पुन: ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सोमबार पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवराज चालिसेले विशेष महाधिवेशन तत्काल आह्वान गरियोस् भन्ने व्यहोराको पत्र बुझाएको जानकारी दिएका हुन् ।

‘विशेष महाधिवेशनको निर्णयमा ध्यानार्षण पत्र दर्ता गरेका छौँ । पुन: ध्यानाकर्षण पत्र पेस गरेका हौँ ।

विशेष महाधिवेशन आह्वान गरियोस् भनी २४८८ जनाले हस्ताक्षरसहित पेस गरेको पत्र नजरअन्दाज नगरियोस्,’ उनले भने, ‘यसअघि पुस ११ गते ध्यानाकर्षण गराएका थियौँ । नेतृत्वले विधानको सर्वोपरितालाई स्वीकार नगरेको हामीलाई महसुस भएको छ । विशेष महाधिवेशनको मागकर्ताहरूसँग छलफल गर्नुपर्नेमा एकपक्षीय निर्णय लोकतान्त्रिक मान्न सकिँदैन ।’

उनले पार्टी नेतृत्वलाई विधानको धारा १७ (२)ले विशेष महाधिवेशको परिकल्पना गरेकोले त्यसको मागलाई सम्बोधन गर्नु बाध्यकारी भएको बताए ।

‘चुनावपूर्व अधिवेशन मागेका हौँ क्यालेन्डर होइन । विधानको १७ २ बमोजिम बाध्यकारी व्यवस्थालाई कार्यान्वयन गर्न हामी माग गर्दछौँ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?