+
+
Shares

कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १७:०७
फाइल तस्वीर

२४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए ।

सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ ।

उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे ।

जेनजी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको उनको भनाइ छ ।

‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ । त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्छ । त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न १७ वटा सानाठूला कम्युनिस्ट घटकहरूलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दैछौं,’ उनले भने ।

यो प्रक्रियासँगै सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवाहरू नेकपामा केन्द्रित हुने अवस्था बढ्दै गएको उनको दाबी छ ।

उनले अगाडि भने, ‘खासगरी जेनजी युवापुस्ताले हाम्रो विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी त नेपाली कम्युनिस्ट पार्टी नै रहेछ भन्ने बुझ्दै गएको अवस्था पनि देखिएको छ । आज पार्टीमा जोडिन आउने तपाईं पनि धेरैजसो युवापुस्ता नै हुनुहुँदो रहेछ । यसले आज फेरी एउटा सकारात्मक सन्देश देशभरी प्रवाहित भएको छ । त्यस अर्थमा पनि म तपाईहरु सबैलाई धन्यावाद भन्न चाहन्छु ।’

उनले मुलुकको बृहत्तर हितका लागि सधैं तत्पर रहन सबैसँग आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?