+
+
Shares

पार्टी परामर्श बैठकमा प्रचण्डले गरे भारत भ्रमणबारे ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १७:५२

२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् ।

परामर्श बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । जहाँ संयोजक प्रचण्डले भारत भ्रमणबारे ब्रिफिङ गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रचण्ड पार्टीको नेपाली भारत एकता समाजको कार्यक्रममा भाग लिन भात पुगेको उनले बताए । एउटा राष्ट्रिय नेता भारतमा गएर भारतका महत्त्वपूर्ण व्यक्तिहरूसँग कुरा गर्नुले देशको हित गर्ने पनि उनले बताए ।

अर्का नेताका अनुसार प्रचण्डले भारतमा रहँदा केही नेताहरूसँग भेटघाट भएको ब्रिफिङ परामर्श बैठकमा गरेका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, आशन्न चुनावको तयारी लगायतका विषयमा भारतीय स्वभाविक चासो रहेको पनि प्रचण्डले परामर्श समितिको बैठकमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?