+
+

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ७:२०

२८ फागुन, काठमाडौं । ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । १४औं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनले ली छ्याङलाई प्रधानमन्त्रीमा चयन गरेको थियो । त्यसपछि राष्ट्रपति सी जिनपिङले उनलाई प्रधानमन्त्रीमा मनोनयन गर्ने निर्णयमा शनिबार बिहान हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति सी जिनपिङका विश्वासपात्र ली छ्याङ चीनको सांघाई पार्टीका सचिव हुन् । उनले पूर्वप्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेका छन् ।

जुलाई १९५९ मा जन्मिएका ली अप्रिल १९८३ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)मा संगठित भएका थिए । एमबीएसम्म अध्ययन गरेका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक व्युरोको स्थायी समिति सदस्य र राज्य परिषद्को सचिवसमेत हुन् ।

यसअघि नै तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा सी जिनपिङ निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?