+
+

उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने कानून व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते ११:५२

२८ फागुन, काठमाडौं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

आइतबार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् ।

संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन् ।

खस आर्यबाट राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार उपराष्ट्रपति हुनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?