+
+

फिल्म ‘बहाव’को गीत ‘यो मनरोग’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १७:३७

काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपालको शीर्ष भूमिका रहेको फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक भएको छ । सुशान्त गौतमको संगीत रहेको गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ ।

गीतले प्रमुख चरित्रको वरिपरि फन्को मारेको छ । गीतले उक्त पात्रको मनोदशा चित्रण गर्छ । दृश्य पृष्ठभूमिमा पानीको बहावलाई चित्रण गरिएको छ । अभिनेत्री पन्तलाई गीतमा रोमान्टिक र गाम्भीर्य मनोदशामा प्रस्तुत गरिएको छ । फिल्मलाई प्रमोद कँडेलको लेखन तथा निर्देशन गरेका हुन् ।

निर्देशक कँडेलले गीतमा चित्रण भएजस्तै पानीको बहावलाई पात्रको जीवनमा आउने उतारचढावपूर्ण रुपमा देखाइएको बताए । ‘बहाव नयाँ चीजको खोजीका लागि हुने अवस्थाको विद्रोह हो । गीतमा अन्तद्र्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौं,’ उनले भने ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म चैत २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको बटमलाइन ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ । फिल्म निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि ‘राष्ट्रिय अवार्ड’ जितेको फिल्म ‘गोपी’ निर्माण गरेका थिए । फिल्ममा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?