+
+

अर्थतन्त्र सुधारका लागि पहल भइरहेको छ : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १२:४४

२९ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल भइरहेको बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने बताए । उनले कसैको व्यक्तिगत एजेण्डा भन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने बताए ।

‘अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ । यसलाई सबैको जित हुने गरी तार्किक निकर्षमा पुर्‍याउनुपर्ने अवस्था छ । व्यक्तिको भन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ । यसका लागि हामीले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौं । यसलाई निकर्षमा पुर्याउने गरी महासंघ लागिरहेको छ ।’

बैंकको व्याजदरको कुराको सन्दर्भमा आफूहरुले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको उनले बताए । उनले तीनवटै तहका सरकारहरु निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरु द्रुतरुपमा अगाडि बढ्न सक्ने बताए ।

खुल्ला सीमाका कारण भैरहवालगायत सिमाक्षेत्रका व्यवसायीहरु मर्कामा परेको भन्दै उनले खुल्ला सीमामा हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरुको संरक्षणका लागि आफूले पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?