+
+

छक्कापञ्जा ४ : दोस्रो सप्ताहन्तसम्ममा कमायो साढे १० करोड ग्रस

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १३:१७

काठमाडौं । ‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो ।

यस वर्ष दुई नेपाली फिल्म ‘कबड्डी ४’ र ‘महापुरुष’सहित ‘अवतार : द वे अफ वाटर’ र ‘पठान’ले १० करोडभन्दा बढी कमाइसकेका छन् । प्रदर्शनको १० दिनसम्म हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’ले आक्रामक कमाइ गरेको हो । आइतबारसँगै अकुपेन्सीमा ड्रप भएपनि तेस्रो सप्ताहन्तमा फिल्मको कमाइमा अझै वृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ ।

दोस्रो शनिबार मात्रै फिल्मले डेढ करोडभन्दा बढी कमाइ गरेको थियो । वितरक मनोज राठीले फिल्मको कमाइ उत्साहजनक भएको बताउँदै आगामी सातापनि व्यापारमा वृद्धि हुने आँकलन गरे । रोचक कुरा के छ भने छक्कापञ्जा ४ को व्यापार हेर्दा काठमाडौंपछि चितवन दोस्रो ठूलो फिल्म बजार बनेको छ । चितवनमा मात्रै फिल्मको कमाइ करोडभन्दा बढी छ ।

गत बिहीबारदेखि मध्यपूर्वमा समेत रिलिज भएको छक्कापञ्जा ४ ले पहिलो सप्ताहन्त मात्र झण्डै तीन करोड रुपैयाँ ग्रस कमाएको जनाइएको छ । अमेरिका र अष्ट्रेलियामा पनि आक्रामक ढंगले फिल्म चलिरहेको देखिन्छ । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाहको शीर्ष भूमिका रहेको फिल्म राजनीतिक कथावस्तुमा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?