+

महिनावारीमा थोरै वा धेरै रगत किन बग्छ ?

२०७९ फागुन  ३० गते १२:३६ २०७९ फागुन ३० गते १२:३६
महिनावारीमा थोरै वा धेरै रगत किन बग्छ ?

महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो । सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र ५५ वर्षको उमेरपछि बन्द हुन्छ । महिनावारी भएदेखि सुक्ने बेलासम्म यो हरेक महिना नियमित हुनुपर्छ । तर अहिले धेरै महिलामा महिनावारी गडबडीको समस्या देखिन थालेको छ ।

महिनावारीको सुरुवाती र सुक्ने वर्षमा महिनावारी गडबड हुन सक्छ । तर त्यसबेला  बाहेक पनि महिनावारी छिटो वा ढिलो हुन्छ भने के कारणले यस्तो हुन सक्छ ? भनेर सचेत हुनुपर्छ ।

सामान्यतया महिनावारी चक्र निश्चित अवधिमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३५ दिन । २८ देखि ३५ दिनभित्र नियमित रूपमा महिनावारी भएमा त्यसलाई सामान्य मानिन्छ ।

धेरै दिनसम्म रगत बग्नुको कारण

महिनावारीको समयमा सात दिनसम्म रगत बग्नु सामान्य हो । यसभन्दा बढी पनि रगत बग्छ वा दैनिक ८० एमएल भन्दा बढी रगत बग्छ भने त्यो असामान्य हो । धेरै दिनसम्म बढी रगत बग्छ भने हार्मोनहरुको अनियमितताले हुन सक्छ । साथै पाठेघरको ट्युमर, पाठेघरमा संक्रमण, ‘मेनारकी’ पहिलो पटक भएको महिनावारी भएको र ‘मोनोपोज’ महिनावारी सुक्ने समयमा धेरै वा थोरै रगत बग्ने समस्या हुन सक्छ ।

महिनावारीमा एक दिन मात्र रगत बग्नु वा एकदमै थोरै रगत बग्नु पनि सामान्य होइन । एक दिन मात्र रगत बग्नु वा थोरै मात्र रगत बग्नु पनि महिनावारी गडबडी नै हो ।

थोरै रगत बग्नुको कारण 

कसैको शरीरमा रगतको कमी नै भयो भने थोरै मात्रामा रगत बग्ने हुन्छ । पाठेघरको लेयर पातलो भयो भने पनि थोरै रगत बग्छ । कसैमा वंशाणुगत कारणले पनि यस्तो भइरहेको हुन्छ, आमालाई महिनावारीमा थारै रगत बग्थ्यो भने छोरीमा पनि त्यस्तो हुन सक्छ । कहिलेकाहीं पोषणयुक्त खानाको कमीले गर्दा पनि यस्तो समस्या हुन सक्छ ।

कतिपयलाई १५ दिनमै महिनावारी हुनुको कारण 

महिनावारीको सुरुवाती र सुक्ने वर्षमा भएको सुरुवातको केही वर्षमा महिनावारी छिटो वा ढिलो हुने, गडबड हुने हुन्छ । हार्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, तनाव, पाठेघरसम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ । धेरै मोटोपन भएका महिलामा पनि महिनावारी अनियमित हुन सक्छ ।

महिनावारी चक्र नियमित राख्न के गर्ने ?

महिनावारी चक्र अनियमित हुने प्रमुख कारण तनाव हो । महिनावारी चक्र गडबडी हुने ९० प्रतिशत कारण तनाव हो । साथै खराब जीवनशैली र खानपानले पनि महिनावारी चक्र अनियमित भएको छ । त्यसैले महिनावारीलाई नियमित बनाउन तनाव कम लिने, मोटोपन नियन्त्रण गर्ने, पोषणयुक्त खाना खाने, नियमित व्यायाम गर्ने लगायत कुरामा ध्यान दिनुपर्छ ।

(डा. झा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी ग्रीन सिटी अस्पतालमा कार्यरत छिन् ।)

महिनावारी रगत
लेखक
डा. रुपा झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?