+
+

तिलोत्तमामा सरसफाइको १०० औं शृ‌खलामा मानव साङ्लो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १२:४८

३० फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मानव साङ्लोसहितको सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानको १०० औं शृंखलाको अवसरमा बुधबार नगरको ६ लेन सडकको १२ किलोमिटर दुरीमा दुबैतर्फ मानव साङ्लो बनाएर सरसफाइ गरिएको हो ।

योगिकुटीदेखि कोटिहवासम्म नगरबासीले एक—आपसमा हात समाएर सरसफाइ अभियानमा प्रतिबद्धता जनाए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागी रहेको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए ।

सरसफाइ तिलोत्तमाको पहिचान र सभ्यता हो भन्ने सबै नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो बनाइएको उनले बताए ।

सहभागीहरुले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटन समेत गरिएको छ । स्मारकका पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखिएको छ ।

त्यस क्रममा नगर प्रमुख रामकृष्ण खाणले सरसफाइलाई तिलोत्तमाबासीको संस्कार र संस्कृतिसँग जोडेर दिगो बनाउने अभियानमा नगरपालिका रहेको बताए । तिलोत्तमाले बनाएको स्वच्छ र सफा नगरको पहिचानले यहाँ बसाइसराइको दर समेत तीव्र भएको खाँणले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?