+
+

ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १५:१९

३० फागुन, काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ ।

१५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एमाले महासचिव शंकर पोखरेलले संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधिसभाको विपक्षी दलको नेता भएको बताएका हुन् ।

यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि विपक्षी दलको नेतामा दाबी गदै संघीय संसद सचिवालयलाई पत्र लेखेका थिए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि एमाले कांग्रेससहितका १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले ११ औं ठूलो दलको सांसद आफू विपक्षी दलको नेता आफू रहेको जिकिर गर्दै आएका छन् । उनले पनि विपक्षी दलको नेतामा दाबी गर्दै संसद सचिवालयमा निवेदन दिएका थिए ।

विपक्षी दलको नेतामा देउवाको दाबी विरुद्ध सर्वोच्च अदालतमा परेको रिट बिचाराधीन छ । विपक्षी दलको नेताको विवादका कारण पछिल्लो संसद संसद बैठक समेत प्रभावित भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन ।

सरकारमा सहभागी नहुँदासम्म आफूहरु नै प्रमुख विपक्षी दलको नेता भएको कांग्रेसको पनि दाबी छ । विपक्षी दलको नेताको विवादको विष्य नटुंगिएको भन्दै संसद सचिवालयले कसैलाई पनि विपक्षी दलको नेताको सुविधा दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?