
काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कोरोनाविरुद्धको खोपको तीनदिने बुस्टर डोज अभियान सम्पन्न भएको छ ।
गत आइतबारदेखि मंगलबारसम्म महानगरका ३२ वटै वडामा खोप अभियान सञ्चालन गरेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिककी इन्चार्ज सिर्जना खरेलले जानकारी दिइन् । कोरोनाविरुद्धको खोपको दुई मात्रा लगाएर बुस्टर डोज लगाउन छुटेकालाई अमेरिकाको फाइजर खोप लगाइएको उनले बताइन् ।
यसअघि कोभिशिल्ड वा भेरोसेल जुनसुकै खोप लगाएको भएपनि फाइजरको बुस्टर डोज लगाउन सकिने जनाइएको छ । यसका लागि अघिल्ला मात्रा खोप लगाइसकेको कार्ड अनिवार्य गरिएको छ भने खोप लगाएको अवधि ६ महिना पुगेको हुनुपर्नेछ ।
पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या अत्यधिक भएपनि कोरोना संक्रमण कम भएसँगै बुस्टर डोज लगाउन आउनेको संख्या निकै कम देखिएकाले यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । अभियान सकिएपनि देशभरका अस्पतालबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सकिनेछ ।
प्रतिक्रिया 4