+
+

बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १८:५५

२९ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘माग पुरा नभए पुनः आन्दोलन गर्नु होला । तर सरकार तपाईंहरुको माग पुरा गर्न तयार छ भनेर प्रधानमन्त्रीले बाचा गर्नु भएको छ ।’

‘बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैं जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौं’ श्रेष्ठले भने ।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर आन्दोलन गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?