+
+

उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागू

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते ६:२२

१ चैत, काठमाडौं । शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् ।

चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । जसपाकै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् ।

उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरु मतदाता हुन्छन् । यसअघि तिनै मतदाताहरुले राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई चुनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?