+
+

वीरगञ्जको ठाकुरराम क्याम्पसको स्ववियु चुनाव १३ जेठमा गर्न प्रस्ताव

सुरेश बिडारी सुरेश बिडारी
२०७९ चैत १ गते १७:१३

१ चैत, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन आउँदो १३ जेठमा सार्ने तयारी भएको छ । निर्वाचन समितिले सूचना निकालेर हाललाई स्ववियु निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जानकारी गराएको छ ।

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियु चुनावको मिति तोके पनि मतदाता नामावलीमा त्रुटि देखिएपछि ८ चैतमा सारिएको थियो । तर संशोधित तालिका अनुसार पनि निर्वाचन गर्न सक्ने अवस्था नभएको भन्दै निर्वाचन समितिले १३ जेठमा सार्न प्रस्ताव गरेको छ ।

निर्वाचन अधिकृत रोशन लामिछानेले जारी गरेको सूचनामा मनोनयन फारम वितरण कार्यक्रमको दिन विद्यार्थी संघ संगठनले तालाबन्दी गरेकाले अन्योल भएको बताएका छन् । स्ववियु चुनावका विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीको समन्वयमा राजनीतिक दलका प्रतिनिधिको बैठक गरिएको थियो ।

उक्त बैठकको सुझाव अनुसार निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन अधिकृत लामिछानेले बताए । त्रिविको परीक्षाहरुलाई प्रभाव नपर्ने गरी २०८० जेठ १३ गते स्ववियु निर्वाचन गर्न गराउन क्याम्पस प्रशासन मार्फत त्रिभुवन विश्वविद्यालय किर्तिपुरलाई अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

हेर्नुहोस् स्ववियु निर्वाचन समितिको सूचना 

 

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?