+
+

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुन: शंकर अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १७:४३

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पुनः शंकर अधिकारी निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानवबहादुर पाण्डे र उपाध्यक्षहरूमा झपिन्द्र क्षेत्री, चेतना रेग्मी, पुष्प न्यौपाने, निमबहादुर केसी, किरण यादव, रेश्मिलाल चपाईं, देवीदत्त यादव र महासचिवमा कुलप्रसाद खतिवडा निर्वाचित भएको नवनिर्वाचित सचिव शंकर अधिकारीले जानकारी दिए ।

अधिवेशनको फागुन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?