+
+

महासंघको केन्द्रीय सदस्यमा लिलेन्द्रप्रसाद प्रधानको उम्मेदवारी घोषणा 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १२:१७

३ चैत, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रधानले उमेशलाल श्रेष्ठको प्यानलबाट वस्तुगततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘हामी उद्योगी–व्यवसायीको छाता संस्थालाई थप सुदृढ बनाउन पेट्रोलियम क्षेत्रबाट के–कस्तो योगदान गर्न सकिन्छ, म त्यसका लागि तयार भएर केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्दछु’ उनले भने ।

वस्तुगत समूहबाट एक उपाध्यक्ष र १४ केन्द्रीय सदस्यमा निर्वाचित हुने प्रावधान छ। महासंघमा १२३ वस्तुगत संघ आबद्ध छन् । यी वस्तुगत संघका अध्यक्षहरूले मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन २८ र २९ चैतमा हुँदैछ । महाधिवेशनबाट हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वत: अध्यक्ष हुनेछन् भने भावी नेतृत्व पनि चुनिने छ ।

महासंघको विधानमा वरिष्ठ अध्यक्षमा चुनिएको उम्मेदवार अर्को कार्यकालमा स्वत: अध्यक्ष बन्ने व्यवस्था छ ।

महासंघमा हालका वस्तुगततर्फको उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योगतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ, एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाई र अघिल्लो कार्यकालका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?