
३ चैत, काठमाडौ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् ।
दुई दिनसम्म चल्ने एमाले निकट कर्मचारी युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमार्फत १७ पदाधिकारीसहित १२१ जनाको केन्द्रीय कार्यसमिति चयन हुनेछ । हाल युनियनको नेतृत्व रामकुमार थेवेले गर्दै आइरहेका छन् ।
एमाले निकट महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी ५३५ जना सहभागी रहेको युनियनका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कपिल गौतमले जानकारी दिए । गौतम महाधिवेशनमा महासचिवको दावेदार हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4