+
+

गर्मी सुरु भएपछि नगराइन् नगरपालिकाले बाँड्यो सिरक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १३:३९

४ चैत जनकपुरधाम ।तराई मधेशमा चैत आगमनसँगै गर्मी सुरु भएको छ । गर्मीबाट राहत पाउन पंखा-कुलर किन्न थालेको बेला धनुषाको नगराराइन नगरपालिकाले भने नागरिकलाई फाइबर सिरक वितरण सुरु गरेको छ ।

जाडोबाट जोगिन भन्दै वडा. नं. ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई सिरक वितरण गरिएको हो ।

शुक्रबार वडाका २०० भन्दा बढी नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए ।

वडाको अनुमानित सात लाख बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपांगलाईलाई वितरण गर्ने काम भइरहेको छ । प्रति सिरक २ हजार २ सयको दरले खरिद गरिएको वडाध्यक्ष साहले बताए ।

लामो विवादको कारण माघ १८ गते नगरसभा नै भएको कारण विनियोजित बजेटबाट सिरक वितरण गर्न ढिलो भएको उनले बताए । यद्यपि अहिले सिरक वितरण गरिएपछि आगामी जाडोमा काम लाग्ने वडाध्यक्ष साहको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?