+
+

यो हो संसारकै सफा बेडसिट, ९९ प्रतिशत किटाणु मारिदिने !

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १५:५६

कुनै पनि मानिसले आफ्नो जीवनमा औसमा २६ वर्ष ओछ्यानमा सुतेरै बिताउँछ । त्यसैले आफ्नो सुत्ने ओछ्यान सफा र आरामदायी भएन भने त्यसले जीवनमा कस्तो असर पार्ला ? आफै अनुमान गर्न सकिन्छ ।

शयनको गुुणस्तर अर्थात् निद्राको गहनताले मानिसको दीर्घकालीन स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्दछ । राम्रो निद्रा सुत्न नपाउँदा मानिसहरुमा उच्च रक्तचाप, हृदयघात, स्ट्रोक, वजन बढ्ने, मधुमेह, डिप्रेसन, एन्जाइटी, दिमागले राम्रोसँग काम नगर्ने, स्मरणशक्तिमा ह्रास हुने, रोग प्रतिरोधी क्षमता घट्ने, प्रजनन क्षमतामा गिरावट आउने, मानसिक असन्तुलन लगायतका समस्या देखिन सक्दछन् ।

यहीँ तथ्यलाई मध्यनजर गर्दै बहराइनको एउटा कम्पनीले संसारकै सफा तथा आरामदायी बेडसिटको आविष्कार गरेको छ । त्यसलाई उनीहरुले चामत्कारिक बेडसिट भनेका छन् । उक्त बेडसिटले मानिसको सरीरमा रहेका स साना छालाजन्य समस्या आफैं समाधान गरिन्छ ।

बेडसिट गर्मीमा शितल तथा जाडोमा न्यानो हुनुका साथै मुलायम छ भने किटाणुहरु, दुर्गन्ध फैलाउने ब्याक्टेरिया तथा बेडमा लुक्ने र मानिसको रगत चुस्ने उडुस लगायतका विभिन्न किराहरुलाई पनि मार्ने बताइन्छ ।

उक्त बेडसिट चाँदी राखिएको कटन रेशाबाट बनाइएको छ । यसले ९९ प्रतिशत ब्याक्टेरियासँग प्रतिरोध गर्न सक्दछ । यो बेडसिट एलर्जी प्रतिरोधी पनि छ। त्यस्तै यो बेडसिटले वातावरणको तापक्रमसँग आफुलाई सन्तुलन मिलाउन सक्दछ । जसका कारण गर्मीको समयमा यो बेडसिट ओडेर सुत्दा पनि पसिना आउँदैन । अर्को महत्वपूर्ण विशेषता भनेको यो बेडसिट खुम्चिँदैन ।

यो बेडसिट बहराइनमा उत्पादन हुन्छ र त्यसमा अमेरिकामा उत्पादित विशेष कपासको प्रयोग गरिन्छ । त्यस्तै प्राकृतिक चाँदी रेशालाई उच्चकोटीको कपासमा मिसाएर बेडसिट तयार पारिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?