+
+

अनेसासका निवर्तमान अध्यक्ष पौडेलले ल्याए मर्मस्पर्शी गीत ‘साइकलमा’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते ६:५९

काठमाडौं । साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको गीत ‘साइकलमा’ सार्वजनिक भएको छ । उक्त गीतको सांगीतिक भिडियो गायक तथा संगीतकार वसन्त थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि जापानमा रहेर साहित्यसेवामा समर्पित पौडेलको रचनामा गायक थापा र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । संगीत संयोजन र लय पनि थापाकै छ ।

भिडियोमा मोडलद्धय सुधीर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । पौडेलले गीतमा गाउँले परिवेशलाई प्रस्तुत गर्ने जमर्को गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भर्‍याङ्ग, कुलो, इनारजस्ता विम्वलाई उनले गाउँले प्रेमसँग जोडेका छन् ।

म्युजिक भिडियोमा समेत सोही भावलाई उतार्न कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले कोसिस गरेका छन् । गीतलाई राजेश घिमिरेले छायांकन र राजेश घिमिरेले सम्पादन गरेका हुन् । भिडियो संयोजनले दर्शकलाई किशोर र वाल्यावस्थाको सम्झना दिलाउने आशा निर्माताले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?