+
+

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल गर्न रास्वपाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १०:५२

५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै (आइतबार) बिहान ११ बजे बसुन्धारामा बस्दैछ ।

‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुने’ ढकालले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?