+
+

प्रदर्शन रोक्न विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा 

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १२:३५

५ चैत,  विराटनगर । प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि विराटनगरमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले  विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म) , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो ।

आज आइतरबा बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा कुनै किसिमको सभा, जुलुश, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।पहिचानको

मागलाई सम्बोधन नगरी प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदेश १ मा प्रदर्शन भइरहेको छ ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गर्ने तयारी गरेको छ । महेन्द्र चोकको कार्यक्रमलाई गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?