+
+

नागरिक लगानी कोषको लगानी २ खर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १३:१०

५ चैत, काठमाडौं । नागरिक लगानी कोषले आफूले गरेको लगानी २ खर्ब नाघेको जानकारी दिएको छ । कोषको ३३औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ छ । यस अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताए । घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको उनको भनाइ छ । उनले अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोष प्रति आकर्षण बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ कार्य गरिरहेको बताए । उनले आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने एवम् रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, उर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै लैजानुपर्ने बताए । उनले कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोत–साधन अनुसार कार्यरत कर्मचारीको सेवा–सुविधा परिमार्जन हुँदै आएको बताए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालका अनुसार कोषले लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिइ लगानी बढाउँदै आएको बताए ।

कोषमा सहभागी हुने सम्भावना भएका संघसंस्थाहरुलाई आबद्ध गर्न र ती संस्थाहरुको दीर्घकालीन दायित्वहरुलाई व्यवस्थापन गर्न, गराउन सेवाग्राहीको नजिक पुग्ने उद्देश्यले काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यालय सञ्चालन गरिसकिएको उनले जानकारी दिए । कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकतादेखि नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको बताउँदै उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?