+
+

प्रेम सुवाल बोल्दै गर्दा प्रधानमन्त्री संसदमा छिरेपछि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १४:१९

५ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल प्रतिनिधिसभा बैठकमा बाेल्दै थिए । त्यसै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठक हलमा प्रवेश गरे । संसदकाे नियमावली अनुसार कुनै सदस्य आफू बसेकाे ठाउँबाट बाेलिरहँदा अर्काे कुनै सदस्य सभामुख र वक्ताकाे बीचबाट हिँड्न पाइँदैन ।

तर प्रधानमन्री भने फटाफट हिँडिहाले  । त्यसप्रति सुवालले आपत्ति जनाए । उनले भने, ‘कुनै सांसदले संसदमा बोलिरहँदा प्रधानमन्त्रीले  बीचबाट हिंड्न नपाइने ब्यबस्था छ । तर  यो के हो यो ? संसद हो कि क्लब हो । क्लब भए क्लबको सामान ल्याउनुपर्‍यो, गित गाउनुपर्‍यो, नाच्ने गाउने आउनुपर्‍यो । होइन भने संसदको नियम पालना हुनुपर्‍यो ।’  उनले सभामुखलाई ‘याे संसद हो कि क्लब’ भनी प्रश्न गरे ।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’को विरोधको सूचना फिर्ता लिने कि नलिने भन्ने चरणको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

सभामुख देवराज घिमिरेले आफनो विरोधको सूचना फिर्ता लिने कि नलिने भनी निर्णय सुनाउन सांसद सुवाललाई समय दिएका थिए । तर, सुवालले किसानले मल नपाएको लगायत जनजीविकाको विषय उठाए । त्यसपछि सभामुख घिमिरेले विषयमा केन्द्रित हुन आग्रह गरे ।

जवाफमा सांसद सुवाल कड्किएका हुन् । ‘जनताको प्रतिनिधि हो । जनताको कुरा सुनिँदैन भने संसदबाट प्रधानमन्त्री चुन्नुको अर्थ हुँदैन ।

किसानले मल पाइराखेका छैनन्’ सांसद सुवालले सभामुखलाई सम्झाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?