+
+

विष्णुसँगको तस्वीर सेयर गर्दै एलिना चौहानले लेखिन्- तिम्रो साथले मलाई जीवित राख्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १६:०३

काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँगको एक युगल तस्वीर सार्वजनिक गरेकी छन्, जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बल दिन्छ । टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अफेयर रहेको हल्ला चलेको थियो ।

हप्तौं बितेपनि ती गसिपलाई गायिका चौहान र सापकोटा दुवैले खण्डन गरेका छैनन् । बरु एलिनाले इन्स्टाग्रामबाट विष्णुसँगको तस्वीर सेयर गर्दै अफेयरमा रहेको हुन सक्ने संकेत गरेकी छन् । दुवैजना सँगै रहेको उक्त तस्वीरको क्याप्सन पनि अर्थपूर्ण छ, जसले उनीहरु प्रेममा छन् भन्ने अनुमानलाई सत्य सावित गर्छ ।

एलिना लेख्छिन्, ‘तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिंदैन । तिम्रो साथले मलाई जीवित राख्छ ।’ स्टाटसको पुछारमा एलिनाले हार्ट-इमोजी उल्लेख गरेकी छन् । एलिनाले पहिलोपटक सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेकी हुन् । उनको उक्त पोस्टमा फ्यानले बधाई दिइरहेका छन् ।

गीतकार समेत रहेका सापकोटाले एलिनासँग मिलेर ‘बाजा तालमा’ बोलको गीत ल्याएका छन् । एलिनाले हालै अष्ट्रेलियाको सांगीतिक भ्रमण गरेकी थिइन् । त्यहाँबाट यी दुईले लगातार टिकटक भिडियो पोस्ट गरिरहेका थिए । निकट स्रोतका अनुसार यी दुईले भविष्यको योजना समेत बुनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?