+
+

नेविसंघ र अनेरास्ववियुको गठबन्धनविरुद्ध धादिङका २ क्याम्पसमा क्रान्तिकारीको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १६:११

५ चैत, धादिङ । नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै धादिङका २ क्याम्पसमा नेकपा माओवादी निकट विद्यार्थी संगठन विजयी भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनविरुद्धअनेरास्ववियु (क्रान्तिकारी)को प्यानल नै विजयी भएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा क्रान्तिकारीका सजित सुवेदी नेृत्वत्वको प्यानल विजयी भएको हो । यहाँ क्रान्तिकारीविरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले गठबन्धन गरेका थिए ।

सभापतिमा निर्वाचित सुवेदीले ९१ मत प्राप्त गर्दा नेविसंघबाट सभापतिकी प्रत्यासी संगिता श्रेष्ठले ७९ मत प्राप्त गरिन् ।

सचिवमा क्रान्तिकारीकी सेना श्रेष्ठले ८६ मत प्राप्त गर्दै निर्वाचित हुँदा अनेरास्ववियुकी अभिषेक श्रेष्ठले ८३ मत प्राप्त गरे ।

कोषाध्यक्षमा रमा दनै, सदस्यहरूमा सन्जोक विक, पृथ्वी कटुवाल र कृष्ण चेपाङ निर्वाचित भएका छन् ।

त्यस्तै मलेखुमा रहेको जय बागेश्वरी बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका छन् ।

गठबन्धनबाट सभापतिका प्रत्यासी विषय अधिकारीले ३७ मत प्राप्त गर्दा विजयी त्रिपाठीले ६२ मत पाएका छन् ।

धादिङकै गुजरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा रहेको आदर्श बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु र नेविसंघको गठबन्धनविरुद्ध अखिल क्रान्तिकारीका गणेश पाण्डे विजयी भएका छन् । उनले गठबन्धनका तर्फबाट सभापति उम्मेदवार अनेरास्ववियुका सुरेश श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ६१ मत प्राप्त गर्दा विजयी पाण्डेले ७१ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?