५ चैत, विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा ३ हजार १६६ मत खसेको छ ।
आइतबार बिहान साढे ९ बजेदेखि बेलुका ४ बजेसम्म ३ हजार १ सय ६६ मत खसेको हो ।
क्याम्पसमा ५ हजार ७९० मतदाता छन् । मतदान सकिएपछि मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक डा.सुशील अधिकारीले जानकारी दिए ।
स्ववियु सभापतिका लागि नेपाल विद्यार्थीसँगबाट जसवन्त पौडेल, अनेरास्ववियुबाट नविन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4