+
+

इजिप्टमा चरम आर्थिक संकट : कुखुराको खुट्टासमेत खान सरकारको अपिल

एजेन्सी एजेन्सी
२०७९ चैत ६ गते १३:०५

अफ्रिकी मुलुक इजिप्टले पछिल्लो समय गहिरिंदो आर्थिक संकटको सामना गरिरहेको छ ।

अवस्था यति दर्दनाक हुँदैछ कि मानिसहरू आफ्नो परिवारको पेट पाल्नका लागि समेत संघर्ष गरिरहनु परेको छ ।

आर्थिक संकट झेलिरहेका जनताहरुका लागि इजिप्ट सरकारले हालै एउटा अनौठो अपिल गरेको छ ।

सरकारले जनताहरुलाई प्रायः फ्याँकिने कुखुराका खुट्टासमेत पकाएर खान अनुरोध गरेको छ ।

कुखुराको खुट्टा वास्तवमा उच्च प्रोटिनयुक्त भाग हो तर प्रायः मानिसहरू कुखुराको मासु तयार गर्दा खुट्टाको भाग फ्याँक्दछन् र कुकुर तथा बिरालोका लागि छुट्टाइन्छ ।

आर्थिक संकट तथा खाद्य संकटको सामना गरिरहेका जनतालाई कुखुराका खुट्टासमेत खान सरकारले अपिल गरेसँगै इजिप्टमा आम मानिसहरु सरकारप्रति आक्रोसित बनेका छन् ।

इजिप्टमा यो मार्च महिनामा मुद्रास्फीति  ३० प्रतिशतले बढेको छ । यसअघि सामान्य रुपमा किनेर दैनिक रुपमा प्रयोग गरिने खानेतेल, चीज जस्ता खाद्य पदार्थहरुको मूल्य यतिधेरै बढेको छ कि धेरै मानिसका लागि त्यो किन्नै नसकिने लक्जरी वस्तुको रुपमा परिणत भएको छ ।

एक महिनाको बीचमै विभिन्न खाद्यवस्तुको मूल्य दोब्बरदेखि तेब्बरसम्मले बढेको छ ।

खाद्यवस्तुमा भएको चरम मूल्यवृद्धिको प्रमुख कारणचाहिं इजिप्ट खाद्यान्नमा आत्मनिर्भर नहुनु र अधिकांश खाद्यवस्तु आयात गर्नुपर्ने बाध्यता रहनु हो ।

मानिसले खाने खाद्यान्न मात्र नभएर कुखुरालाई खुवाउने चारो पनि इजिप्टले बाह्य मुलुकहरुबाटै आयात गर्दछ ।

गतवर्ष इजिप्सियन मुद्रा अमेरिकी डलरको तुलनामा आधाले अवमूल्यन भएको थयो । जसका कारण गत जनवरीमा त्यहाँको सरकारी आफ्नो मुद्रालाई पुनः अवमूल्यन गरेको थियो । जसका कारण अन्न लगायतका खाद्यान्नहरुको मूल्य तीव्र रुपमा बढेको हो ।

स्थानीयका अनुसार कुखुराको मासुको मूल्य यतिधेरै बढेको छ कि मध्यमवर्गीय मानिसहरुले समेत नियमित रुपमा कुखुराको मासु किन्न सक्ने अवस्था छैन । त्यहाँ कुखुराको मासुको मूल्य प्रतिकिलो इजिप्सियन डलर २ सय सम्म पुगेको छ ।

कुखुराको खुट्टा, हड्डी तथा कुखुराको नंग्रा सहितको पाइतालासमेत बिक्री हुन थालेको छ ।

कुखुराको नंग्रा सहितको पाइतालाको मूल्य प्रतिकिलो २० इजिप्सियन पाउण्ड पर्दछ ।

विश्वको दोस्रो ठूलो गहुँ आयातकर्ता मुलुकको रुपमा रहेको इजिप्टमा रुस युक्रेन युद्धपछि गहुँको मूल्यवृद्धि चरम विन्दुमा पुगेको हो । इजिप्टले युक्रेन र रुसबाटै गहुँ आयात गर्ने गरेको थियो ।

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?