+
+

विधि र प्रणाली सुधारलाई प्राथमिकतामा राखेको छु : सुनिता डंगोल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १६:३८

५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विधि र प्रणाली सुधारको कामलाई प्राथमिकतामा राखिएको बताएकी छिन् । सोमबार पत्रकारहरुसँग भेट गर्दै उपप्रमुख डंगोलले पहिलो वर्षको प्राथमिकता विधि र प्रणाली सुधारलाई दिइएको बताएकी हुन् ।

उनले काठमाडौंको मौलिकता बचाएर, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचानसँगै आधुनिक भौतिक विकासको सन्तुलनका लागि विधि र पद्धति आवश्यक रहेको बताइन् ।

स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि चरणबद्ध रुपमा सुधार गर्ने भन्दै डंगोलले कानुनले स्थानीय तहलाई दिएका अधिकारलाई नागरिकको चाहना बमोजिम उपयोग गर्ने बताइन् ।

डंगोलले उपप्रमुखलाई न्यायिक समितिको संयोजक हुने अधिकार रहेको भन्दै अहिले काठमाडौं महानगरपालिकाले न्यायिक निरुपणका कार्यलाई वडास्तरीय मेलमिलाप केन्द्रमार्फत जनताका आँगनमै पुर्‍याउने काम भइरहेको बताइन् । वडा वडामा महिला सञ्जाल गठन गरेको भन्दै डंगोलले भनिन्, ‘घरायसी समस्या तथा घरेलु हिंसा लगायत सामान्य विवाद सुन्न वडामा महिला सञ्जाल गठन गरिएको छ । यो सञ्जालले महिला र पुरुष दुवैका कुरा सुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?