+
+
Shares

कुष्ठरोग लागेकालाई भेदभाव गर्नु सामाजिक अन्याय हो : डंगोल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग लागेका व्यक्तिलाई भेदभाव र अधिकारबाट बञ्चित गर्नु सामाजिक अन्याय भएको बताइन् ।
  • उनले कुष्ठरोगलाई व्यक्तिको पहिचान नभई स्वास्थ्य अवस्था मात्र भन्दै रोगप्रतिको डर र गलत व्यवहार चिर्न आवश्यक रहेको उल्लेख गरिन् ।
  • डंगोलले कुष्ठरोगसम्बन्धी सचेतना कार्यक्रमका लागि काठमाडौं महानगर सरोकारवाला पक्षसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग लागेका व्यक्तिलाई भेदभाव गर्नु तथा अधिकारबाट बञ्चित गर्नु सामाजिक अन्याय भएको बताएकी छिन् ।

आइतबार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ र पुन:स्थापना, सशक्तिकरण तथा विकास नेपालले राजधानीमा आयोजना गरेको कुष्ठ प्रभावित व्यक्तिहरुको कानूनी साक्षरता तथा क्षमता अभिवृद्धि अभिुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

कुष्ठरोग व्यक्तिको पहिचान नभई स्वास्थ्यसम्बन्धी अवस्था मात्र भएको उल्लेख गर्दै प्रभावित व्यक्तिमाथि कुनैपनि प्रकारको विभेद गर्न नहुनेमा उनको जोड थियो ।

समाजमा कुष्ठरोगभन्दा पनि रोगप्रति मानिसले गर्ने व्यवहार समस्या बनेको टिप्पणी उनले गरिन् ।

‘कुष्ठरोग लागेका व्यक्तिलाई अपमान गर्नु, भेदभाव गर्नु र अधिकारबाट बञ्चित गर्नु भनेको सामाजिक अन्याय हो । र यो सामाजिक अन्याय हो भन्नेकुरा धेरै भन्दा धेरै नागरिकलाई बुझाउन पनि जरुरी छ । रोग आफैमा समस्या त होइन तर रोगको विषयमा हामीले समाजमा गर्ने व्यवहार समस्याको रुपमा देखा परेको छ,’ उनले भनिन्, ‘कुष्ठरोगका विषयमा जसलाई रोग लागेको छैन तर उहाँहरुलाई पनि बुझाउन जरुरी छ । र यो बुझेको खण्डमा मात्र हामीले समाजमा विभेद गर्न हुँदैन, उहाँहरुलाई अन्याय गर्न हुँदैन, उहाँहरुको अधिकारबाट वञ्चित गर्न हुँदैन ।’

डंगोलले कुष्ठरोगसम्बन्धी सामाजिक सचेतना कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिका सरोकारवाला पक्षसँग सहकार्य गर्न तयार रहेको पनि बताइन् ।

कुष्ठरोगप्रति डर फैलाउनुभन्दा यसको उपचार र समयमै पहिचानका विषयमा सरोकारवाला निकायहरुले चर्चा गर्न आवश्यक रहेको पनि बताइन् ।

‘देख्ने बित्तिकै कुष्ठरोग लागेको मान्छे भनेर भन्ने खालका जुन परिपाटी अथवा भनौं मेन्टालिटी छ, त्यो पनि चिर्न एकदमै जरुरी छ । यो कानुनी साक्षरता कार्यक्रम र क्षमता अभिवृद्धि कार्यक्रमबाट सिक्नुभएको कुरा आफूमा मात्र सीमित नराख्नुस्,’ उनले भनिन्, ‘त्यसको साथै कानुनमा कतै विभेद छ, कतै अन्जानमा लेखिएका कुराहरुलाई परिभाषा गर्दाखेरि हाम्रो अधिकारबाट वञ्चित हुने खालका कुराहरु छन् भने त्यसलाई संशोधन गर्न पनि यहाँहरुले सुझाव दिन नछोड्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?