+
+
Shares

काठमाडौंकी कार्यवाहक मेयर डंगोललाई कान्सका मेयरले गरे स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ९:२१

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका छन् ।

होटल डे भिल्लेमा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई ‘क्रियटिभ सिटी’बीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको बताइएको छ ।

काठमाडौंका लागि यो अवसर विश्व फिल्म समुदायका स्थापित सहरहरूसँगै आफूलाई पनि चलचित्र सहरका रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण क्षण बनेको उल्लेख गरिएको छ ।

काठमाडौं महानगरपालिकाले मेयर लिसनार्ड र कान्स सहरप्रति आतिथ्य र सहकार्यका लागि आभार व्यक्त गर्दै यहाँबाट सुरु भएका संवादलाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?