+
+
Shares

विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता : सुनिता डंगोल

महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेख्य लगानी गरिहेको उल्लेख गर्दै उनले यसको प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १६:३६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता भएको बताएकी छन्।
  • महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेख्य लगानी गरिरहेको छ र यसको प्रभावकारीतामा ध्यान दिनुपर्ने उनको भनाइ छ।
  • महानगरले सबै विद्यालयमा डिजिटल बोर्ड जडान गरिसकेको र त्यसलाई आधुनिक शिक्षण विधिसँग जोड्न शिक्षक र अभिभावकलाई आग्रह गरेको छ।

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय शिक्षाको गुणस्तर सुधार महानगरको मुख्य प्राथमिकता भएको बताएकी छन् ।

महानगरको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

महानगरले सार्वजनिक शिक्षाका लागि पूर्वाधार निर्माण र प्रविधिमा उल्लेख्य लगानी गरिहेको उल्लेख गर्दै उनले यसको प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले शिक्षामा लगानी बढाउनु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई शिक्षामा गुणस्तर ल्याउने गरी काम गर्न सरोकारवालालाई आग्रह गरिन् ।

उनले महानगरभित्रका सबै विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेको उल्लेख गर्दै त्यसलाई आधुनिक शिक्षण विधिसँग जोड्न विद्यालयलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । हामी विद्यालय शिक्षाको क्षेत्रमा नयाँ नयाँ कार्यक्रमहरू गर्दै आइरहेका छौँ । त्यति मात्र नभई हामीले शिक्षाको गुणस्तरका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत लगानी गरिरहेका छौँ । अब पूर्वाधारको त्यस्तो समस्या छैन । केही विद्यालयमा उपलब्ध पूर्वाधारले पुग्दैन भन्ने कुरा पनि आएका छन् । ती कुराहरू पनि हामीले सम्बोधन गर्ने नै छौँ । म अहिले सबै विद्यालयहरुलाई के आग्रह गर्न चाहान्छु भने हामीसँग उपलब्ध पूर्वाधारको सदुपयोग गरौँ ।’

उनले अगाडि भनिन्, ‘विद्यालयमा उपलब्ध सबै प्रकारका पूर्वाधारको सही सदुपयोग गर्ने जिम्मा शिक्षक र अभिभावकको नै हो । हामीले आधुनिक शिक्षाको कुरा गरिरहेका छौँ । सबै विद्यालयमा डिजिटल बोर्ड पुगिसकेका छन् । ती डिजिटल बोर्डहरू पहिलेका ब्ल्याक बोर्डको रिप्लेसमेन्ट मात्रै होइन । ती बोर्डलाई प्रभावकारी गुणस्तरीय शिक्षासँग जोड्न म हार्दिक अनुरोध गर्दछु ।’

शिक्षकको क्षमता विकासका लागि महानगरले निरन्तर तालिमका कार्यक्रम समेत सञ्चालन गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?