+
+
Shares

उपभोक्ता हित संरक्षण गर्न स्थानीय तहलाई दिएको अधिकार पर्याप्त छैन : सुनिता डंगोल

उपभोक्ता संरक्षणको विषयमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका भए पनि यो एकल अधिकारको विषय नभएको उनले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताउनुभयो।
  • उपभोक्ता अदालत स्थापना दिवसमा उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट कानुनी रूपमा स्पष्ट गर्नुपर्ने औँल्याउनुभयो।
  • उहाँले उपभोक्ता संरक्षण एकल अधिकारको विषय नभएको र सरकारी निकायबीच अधिकार बाँडफाँट अस्पष्ट हुँदा समस्या हुने बताउनुभयो।

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि सरकारले स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताएकी छन् ।

उपभोक्ता अदालत स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले बजार अनुगमन तथा कारबाहीका विषयमा स्थानीय तहलाई प्रशस्त अधिकार नदिइएको बताएकी हुन् ।

उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट गर्दा कानुनी रूपमा स्पष्ट गर्नुपर्ने आवश्यक रहेको पनि औँल्याइन् ।

उपभोक्ता संरक्षणको विषयमा स्थानीय तहको महत्त्वपूर्ण भूमिका भए पनि यो एकल अधिकारको विषय नभएको उनले बताइन् ।

उनले सरकारी निकायबीच अधिकार बाँडफाँट हुँदा कसले के गर्ने भन्ने विषय स्पष्ट हुन नसक्दा समस्या उत्पन्न हुने गरेको बताइन् ।

स्थानीय तहहरूले बजार अनुगमन गर्ने गरे पनि कारबाही भने आफ्नो कार्यक्षेत्रमा भएकोलाई मात्रै गर्न पाइने उनको भनाइ छ ।
उनले उपभोक्ता हित संरक्षण एउटा मात्र निकायले गर्न नसक्ने बताइन् ।

संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहको संयुक्त पहलमा उपभोक्ताहरुको हक संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले ठगी, गुणस्तरहीन वस्तुको बिक्री वितरण तथा अनुचित व्यापार रोक्न कानुनले दिएको अधिकारको सीमाभित्र रहेर काम गरिरहेको उनले जानकारी दिइन् ।

बजार अनुगमन नियमित रूपमा गरिरहेको र चाडपर्व लक्षित अनुगमनलाई पनि निरन्तरता दिइरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘संविधान अनुसार पनि संघ, प्रदेश र स्थानीय तहको संयुक्त पहलमा गर्नुपर्ने कामहरू धेरै छन् । स्थानीय सरकारले मात्रै म एक्लै गर्नसक्छु भनेर पनि गर्न सक्दैन । काठमाडौं महानगरपालिकाले ठगी, गुणस्तहीन बिक्री वितरण, अनुचित व्यापारलाई कानुनले दिएसम्म रोकथाम गरिरहेका छौँ । बजारमा गुनासो धेरै छ, दिनप्रतिदिन बढ्दै पनि छ । काठमाडौं महानगरले बजार अनुगमन नियमित रूपमा गरिरहेका छौँ ।’

उनले अगाडि भनिन्, ‘उपभोक्ताको विषय पनि काठमाडौं लयायत सबै स्थानीय तहको पनि मुख्य भूमिका हुन्छ, यद्यपि यो एकल अधिकार र भूमिका चाहिँ होइन । एकल रूपमा चाहेर पनि गर्न नसकिने रहेछ । विभिन्न निकायहरू छन् । ती निकायबीच अधिकार बाँडफाँट भएका छन् । स्थानीय तहलाई अनुगमनको अधिकार सीमित रहेका छन् । विभिन्न निकायलाई अधिकार बाँडफाँट गर्दा कसले के गर्ने भन्ने कुरा जति स्पष्ट रूपमा आउनुपर्ने हो, त्यति स्पष्ट भएको छैन ।’

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?