News Summary
Generated by OK AI. Editorially reviewed.- हंगेरीले युक्रेनको युरोपेली संघमा आबद्धता हुने प्रक्रिया तत्कालका लागि असम्भव रहेको बताउँदै रुसमाथिको २० औँ प्रतिबन्धको प्याकेजमा भिटो प्रयोग गर्ने घोषणा गरेको छ।
- हंगेरीका विदेश मन्त्री पिटर सिज्जार्तोले युक्रेनले 'द्रुज्बा' पाइपलाइनमार्फत हुने तेल आपूर्ति पुनः सुरु नगरेसम्म आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारे।
- सिज्जार्तोले ब्रसेल्सले दबाब दिइरहे पनि राष्ट्रिय हित र ऊर्जा सुरक्षाका पक्षमा दृढ रहेको र युक्रेनले तेल आपूर्ति सुचारु नगरेसम्म समर्थन नदिने बताए।
२ चैत, काठमाडौं । हंगेरीले युक्रेनको युरोपेली संघमा आबद्धता हुने प्रक्रिया तत्कालका लागि असम्भव रहेको बताउँदै रुसमाथिको २० औँ प्रतिबन्धको प्याकेज र किएभका लागि तय गरिएको ९० अर्ब युरोको सैन्य ऋणमा ‘भिटो’ प्रयोग गर्ने घोषणा गरेको छ।
ब्रसेल्स प्रस्थान गर्नुअघि हंगेरीका विदेश मन्त्री पिटर सिज्जार्तोले युक्रेनले ‘द्रुज्बा’ पाइपलाइनमार्फत हुने तेल आपूर्ति पुनः सुरु नगरेसम्म हंगेरी आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पारे ।
विदेश मन्त्री सिज्जार्तोले एक भिडियो सन्देशमार्फत ब्रसेल्सले हंगेरीमाथि दबाब दिइरहेको भए पनि आफूहरू राष्ट्रिय हित र ऊर्जा सुरक्षाका पक्षमा दृढ रहेको बताए।
“युक्रेनले तेल आपूर्ति सुचारु नगरेसम्म र भविष्यमा यस्तो अवरोध नहुने ग्यारेन्टी नदिएसम्म यी प्रस्तावहरूमा हाम्रो समर्थन रहने छैन,” उनले भने ।
गत जनवरी २७ देखि उक्त पाइपलाइनबाट हंगेरी र स्लोभाकियातर्फ हुने तेल आपूर्ति ठप्प छ, जसका कारण यी दुई देश र युक्रेनबीचको सम्बन्धमा थप तिक्तता आएको छ।
प्रतिक्रिया 4