१२ फागुन, काठमाडौं। हंगेरीको बहुराष्ट्रिय कम्पनी एमओएलले सर्बियाको प्रमुख तेल कम्पनी नाफ्त्ना इन्डस्ट्रिजा सर्बिजे (एनआइएस) को बहुमत शेयर रुसको गाजप्रोमबाट खरिद गर्ने भएको छ ।
हंगेरीका विदेशमन्त्री पिटर सियार्टोका अनुसार यो कदमले हंगेरी, सर्बिया र स्लोभाकियालाई युक्रेनको ‘ऊर्जा ब्याकमेल’ विरुद्ध लड्न मद्दत गर्नेछ ।
युक्रेनले द्रुज्बा पाइपलाइनमार्फत हुने रुसी तेलको आपूर्तिमा अवरोध गरेपछि यी तीन देशहरूले आफ्नो तेल बजारलाई एकीकृत रूपमा सञ्चालन गर्ने योजना बनाएका हुन् ।
हंगेरी र सर्बियाबीच नयाँ तेल पाइपलाइन निर्माण कार्यलाई तीव्र पारिनेछ। यसले हंगेरी हुँदै सर्बियासम्म रुसी तेल पुर्याउन सजिलो बनाउनेछ ।
सन् २०२५ मा अमेरिकाले एनआइएसलाई प्रतिबन्धको सूचीमा राखेपछि रुसी मालिकहरू यो कम्पनी बेच्न बाध्य भएका हुन् । अहिले यो खरिद प्रक्रियाका लागि अमेरिकाको अनुमति पर्खिएको छ ।
मन्त्री सियार्टोले वासिङ्टनमा अमेरिकी अधिकारीहरूसँग भेट गर्दै युक्रेनले तेल आपूर्तिमा अवरोध पुर्याएर राजनीतिक दबाब सिर्जना गर्न खोजेको गुनासो समेत गरेका छन् ।
यो सम्झौताले पूर्वी यूरोपको ऊर्जा राजनीतिमा नयाँ समीकरण पैदा गर्ने देखिएको छ ।
प्रतिक्रिया 4