+
+

बर्दियामा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १८:३५

६ चैत, दाङ । बर्दियामा बाघको आक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ ।

सामुदायिक वनमा दाउरा खोज्न गएका मधुवन नगरपालिका–५ की ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बुढाले जानकारी दिए ।

बिहान ११ बजे चिरौटे सामुदायिक वनमा दाउरा खोज्न निस्किएका उनीहरू दिउँसोसम्म पनि जंगलबाट नफर्केपछि परिवार, आफन्तले खोज तलास गर्न जादा जंगलमा शव फेला परेको थियो ।

मृतक दुई जनाको शव जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?