+
+

दाङको राप्ती बबई क्याम्पसमा स्ववियु चुनाव आज

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ७ गते १२:५४

७ चैत, दाङ । दाङको राप्ती बबई क्याम्पस तुलसीपुरमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको छ ।

बिहान साढे ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत टेकनप्रसाद कँडेलले जानकारी दिए ।

विद्यार्थी संगठनको तालाबन्दीका कारण आइतबार हुने निर्वाचन स्थगित गरिएको थियो । राप्ती बबई क्याम्पसमा कुल २ हजार ४ सय ३३ विद्यार्थी मतदाता छन्।

सरकारी तथा सामुदायिक गरी नौ क्याम्पस रहेको दाङका ३ वटामा तालाबन्दीका कारण स्ववियु निर्वाचन स्थगित भएको छ। बाँकी चारमा भने चैत ५ गते नै निर्वाचन भइसको छ ।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराही र नेपाल संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण स्ववियु चुनाव स्थगित भएको हो ।

महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा ८ चैतमा चुनाव हुँदैछ । देउखुरी बहुमुखी क्याम्पस लमही, जनता बहुमुखी क्याम्पस गढवा र ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया र केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा भने आइतबार नै निर्वाचन भइसकेको छ । पुरन्धारा बहुमुखी क्याम्पस हंशपुरमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?