
८ चैत, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ ।
मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4