+
+

लाइसेन्स विवादमा स्पटीफाइले प्लेटफर्मबाट हटायो चर्चित बलिउड गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १२:३४

काठमाडौं । गत साता लाइसेन्स सम्झौता नवीकरणको लागि वार्ता असफल भएपछि म्युजिक एप स्पटीफाइले बलिउडका चर्चित गीतहरुलाई हटाएको छ । जी म्युजिक कम्पनीको क्याटलग नै हटाइएको छ भने अन्य केही गीत पनि प्लेटफर्मबाट गायब छन् ।

बलिउड संगीतका प्रयोगकर्ता र फ्यानले स्पटीफाइको यस कदमप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् भने कतिपयले सदस्यता रद्द गरिदिने धम्की दिएका छन् । जी म्युजिकले पनि संगीत एप गानासँग इजाजतपत्र सम्झौता नवीकरण नगरेपछि उनीहरुको सम्बन्ध तोडियो ।

बिलबोर्डको एक विवरणअनुसार उक्त संगीत एपले एक वक्तव्यमा भनेको छ, ‘स्पटीफाइ र जी म्युजिक इजाजतपत्रको सम्झौतामा पुग्न असमर्थ भएका छन् । यी सबै वार्ताका क्रममा स्पटीफाइले जी म्युजिकसँग सम्झौता गर्न रचनात्मक उपाय खोजिरहेको छ र जारी रहनेछ । चाँडै पारस्परिक रुपमा सहमति हुने कुरामा हामी विश्वस्त छौं ।’

संगीत एपले आफ्नो वेबसाइटमा विश्वका सबै संगीत र पडकास्टमा पहुँच प्रदान नगर्ने डिस्क्लेमर (अस्वीकरण) उल्लेख गरेको छ । जस्तै, यसले प्रकाशक र अधिकारप्राप्त व्यक्तिसँग इजाजतपत्र सम्झौताबारे छलफल गर्छ, ताकि तिनीहरूको संगीतलाई अनलाइनमा सुन्न सकियोस् ।

फ्यानले ट्विटरमा यस कदमबारे गुनासो गरिरहेका छन् । एक प्रयोगकर्ता लेख्छन्, ‘बलिउडसँग स्पटीफाइले दुश्मनी गरिरहेको छ । किनकि दारु देसी र काला चश्मासहितका सबै गीतहरु हटाइरहेका छन् ।’ अर्को प्रयोगकर्ताले भने, ‘स्पटीफाइबाट नागदा स्याङ ढोल र पूरै बलिउड गीत हटाइयो र मेरो हप्ता बर्बाद भयो ।’

सन् २०२२ को फिल्म ‘जर्सी’बाट मैया मैनु, फिल्म ‘ड्राइभ (२०१९) को मख्ना र रईस (२०१७) को जालिमा जस्ता गीतहरू हटाइएका छन् । रोम–कम वीरे दी वेडिङ (२०१८), अवार्ड विजेता गली ब्वाय (२०१९) र पिरियड ड्रामा कलंक (२०१९) का ट्रयाक पनि हटाइएका छन् । युट्युबमा जी म्युजिकका ९३.६ मिलियन सब्सक्राइबर छन् । यो टी सिरिजपछि दोस्रोमा पर्छ । टी सिरिजका युट्युबमा २३९ मिलियन सब्सक्राइबर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?