+
+

पोखरामा १० करोड लगानीमा तयार भयो होटल पौवा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १२:४२

८ चैत, काठमाडौं । पोखरामा १० करोड लगानीमा होटल पौवा तयार भएको छ । होटल पौवा प्रालिले आफ्नो ११ औ शाखाको रुपमा पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ मा नयाँ होटल सञ्चालनको तयारी पूरा गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखरामा होटल तयार भएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । बगैंचासहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठामा वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

होटलमा दुई वटा सेमिनार हल र कन्फरेन्स हल रहेका छन् । होटलमा एक हजार भन्दा बढी क्षमताको ‘फेवा हल’ रहेको पनि सञ्चालक कम्पनीले जनाएको छ । होटलको औपचारिक उद्घाटन भने चैत १० गते गण्डकी प्रदेशको मुख्यमन्त्रीले गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?